सोमबार, बैशाख ०८, २०७७ || 728  पटक पढिएको

गुल्मीको चन्द्रकोट गाउँपालिकामा सोमबार दिउँसो भएको आगलागीमा एक जनाको मृत्यु भएको छ। चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बसपार्कस्थित पूर्ण बहादुर खनालको घरमा आगलागी भएको हो।आगलागीबाट पूर्णबहादुरका कान्छा छोरा १६ वर्षीय समिर खनालको मृत्यु भएको छ। पूर्णबहादुर र उनकी श्रीमती रुपा खनाल आगलागीमा परी गम्भीर घाइते छन्।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीका अनुसार खाद्यान्न र ग्यासको समेत पसल रहेको साढे दुई तलाको पक्की घर पूर्ण रूपमा क्षति भएको छ।घरको भुइँतलामा रहेका समिरको घटनास्थलमै मृत्यु भएको छ भने उनका बुवाआमा दुवै जना घाइते भएकोले उपचारको लागि पाल्पा मिसन अस्पतालमा पठाइएको गाउँपालिका अध्यक्ष खत्रीले जानकारी दिए।जेठो छोरा भने घरको माथिल्लो तलामा रहेको कारण छतबाट बाहिर हाम फालेर ज्यान जोगिएको अध्यक्ष खत्रीले जानकारी दिए।

आगलागी कसरी भयो यसबारे आफूलाई थाहा नभएको उनले बताए। आगलागीपछि ग्याँसको सिलिण्डर पड्किँदा घरमा बढी क्षति भएको अध्यक्ष खत्रीले जानकारी दिए।‘घाइतेहरूलाई अस्पताल पठाएर अहिले घटनास्थलमा मुचुल्का उठाउँदै छौं’, आगलागी कसरी भएको हो भन्नेबारे घाइतेहरूसँग सोध्न अवस्था थिएन, मृतक समिरको शव पसलभित्रै रहेको छ’, अध्यक्ष खत्रीले भने।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!