
एक नम्बर प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आरडीटी परीक्षण किटबाट गरिने परीक्षण विश्वसनीय नभएको बताएका छन्।काँग्रेस संसदीय दलका प्रमुख सचेतक कार्कीले आरडीटी परीक्षणले द्विविधा उत्पन्न गरेकाले सबैको शंकास्पद बिरामीको कोरोना संक्रमणको परीक्षण पीसीआर विधीबाट गर्न माग गरेका हुन्।एक बिज्ञप्ति जारि गर्दै प्रमुख सचेतक कार्कीले आरडीटी परीक्षण किटबाट गरिने परीक्षण विश्वसनीय नभएको भन्दै पीसीआर विधीबाटै परीक्षण गर्नु प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।उदयपुरमा आरडीटी परीक्षणबाट नेगेटिभ रिपोर्ट आएकोमा पछि पीसीआर विधीबाट परिक्षण गर्दा तिनै बिरामीमा कोभिड-१९ पोजेटिभ देखिएको भन्दै कार्कीले उक्त परीक्षण प्रक्रियाले आम नागरिकमा दुविधा उत्पन्न गराएको जनाएका छन्।कोरोना संक्रमणबाट बच्न प्रदेश सरकारले सवै तयारी गरेको बताएपनि उदयपुर, धनकुटा र सोलुखुम्बु लगायतका जिल्लामा अझैपनि थर्मल गन नपुगेको भन्दै सरकारले झुटो दावी गरेको कार्कीको आरोप छ।कोभिड-१९ बिरुद्दको लडाइँमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) पर्याप्त मात्रामा उपलब्ध नभएको भन्दै उनले सरकारको आलोचना गरेका छन्।गुन्द्रुक खवरसँग उनले भने, ‘महामारी बिरुद्दको लडाइमा अग्रपंक्तिमा रहेका नायकहरुलाई पर्याप्त सुरक्षा कवच समेत नदिएर प्रदेश र केन्द्र सरकारले मनोबल गिराउने काम गरेको छ।सचेतक कार्कीले सरकारले वितरण गरेको स्वास्थ्य सामग्रीहरु कुन कुन जिल्लामा कति पुग्यो भनेर विवरण समेत सार्वजनिक नगरेको आरोप लगाएका छन्। उनले भने, ‘प्रदेशका जनताहरु काठमाडौंमा खान नपाएर रुँदै पैदल फर्किरहेका छन्। रोगसँगभन्दा भोकसँग लड्नेहरुको समस्या तुरुन्त समाधान गर्नुपर्छ।’कार्कीले यस बिषयमा तत्काल सरकारको ध्यान दिन माग समेत गरेका छन्। काठमाडौंमा रहेर अलपत्र परेका मानिसहरुको उद्दार गर्न समेत प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

