शनिबार, बैशाख ०६, २०७७ || 1066  पटक पढिएको

सुनसरीको हरिनगर गाउपालिकामा रहेको एक मस्जिदबाट जिल्ला प्रहरी कार्यालय इनरुवाले छ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरी प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा रहेका सबै मस्जिद खाली गराउने निर्णयपछि प्रहरीले गरेको खोजीका क्रममा घुस्की मस्जिदमा आश्रय लिएर बसेका छजना विदेशी फेला परेका हुन् । घुस्की पूर्वतर्फ रहेको नेपाल भारत सीमा नजिकको शिकारी टोल कवरत मस्जिदमा आश्रय लिन आएका मुस्लिम धर्मगुरु रहेको जमातीहरुलाई नियन्त्रणमा लिएर कोरोना सक्रमण भए नभएको आवश्यक परीक्षणका लागि रामनगर भुहाटा लगिएको प्रहरीले जनाएको छ ।

उनीहरु भारतको मुम्वई, पटना, इलाहावादलगायतबाट आएका हुन यसैगरी उनीहरूसँगै दुईजना घुस्कीका स्थानीय रहेको प्रहरीले जनाएको छ । स्वास्थ्य परीक्षण पश्चात् सबैजनालाई भुटाहा जेनरल अस्पतालमा रहेको क्वारेन्टाईनमा राखिएको प्रहरीले जनाएको छ । (गोरखापत्रबाट )

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!