
काठमाडौँ । साताको पहिलो कारोबार दिवस आइतबार नेपाली बजारमा सुनको मूल्यमा कमी आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल गोल्ड एण्ड सिल्भर डिलर्स एसोसिएसनका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ, जुन शुक्रबारको २ लाख ५२ हजार ४०० रुपैयाँ भन्दा २०० रुपैयाँ कम हो।
यस्तै, आइतबार १० ग्राम सुनको मूल्य २ लाख १६ हजार २२० रुपैयाँ तोकिएको छ।
सुनको मूल्य घटेको विपरीत, चाँदीमा भने वृद्धि भएको छ।
शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ रहेको चाँदी आइतबार ५० रुपैयाँले बढेर ३ हजार ६०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।