हिपमत डटकम

शुक्रबार, कार्तिक २९, २०८२ || 1387  पटक पढिएको

चितवन — चितवन मेडिकल कलेज (CMC) शिक्षण अस्पतालले मोफसलमै दोस्रो पटक अत्याधुनिक रोबोटिक सर्जरी सेवा सुरु गरेको छ। रोबोटिक तथा युरो सर्जन डा. प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जन डा. विशाल आचार्य र डा. रोहितकुमार मिश्रको नेतृत्वमा सुरु गरिएको यस सेवाले हालसम्म १४ वटा सफल शल्यक्रिया गरिसकेको छ।

डा. गुरुङका अनुसार, परम्परागत वा दुरविन प्रविधिबाट हुने शल्यक्रियाको तुलनामा रोबोटिक शल्यक्रिया बढी सटिक र सुरक्षित हुन्छ। यसमा सर्जनले प्रत्यक्ष हातले नभई कम्प्युटरद्वारा नियन्त्रण हुने रोबोटिक हातमार्फत शल्यक्रिया सञ्चालन गर्छन्।

रोबोटिक सर्जरीले न्यूनतम पीडा, कम रक्तश्राव, छोटो अस्पताल बसाइँ र छिटो निको हुने फाइदा दिन्छ। विशेषगरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक र क्यान्सर सम्बन्धी शल्यक्रियामा यसको प्रयोग उल्लेखनीय छ।

डा. गुरुङले बताए अनुसार, रोबोटिक उपकरण अत्यन्त संवेदनशील भएकाले मानव हातले गर्न नसक्ने सूक्ष्म शल्यक्रियाहरू पनि सहजै गर्न सकिन्छ। सानो प्वालमार्फत हुने शल्यक्रियाले शरीरमा दाग कम पार्ने र बिरामी छिटो निको हुने सुविधा दिन्छ।

CMC का प्रमुख प्रशासक प्रताप देवकोटाले रोबोटिक प्रणाली ‘टुमाइ’ माइक्रोपोर्ट कम्पनीले निर्माण गरेको र रु ३२ करोड लागतमा भित्रिएको जानकारी दिए। यो प्रविधि चीनमा निर्मित भए पनि युरोपियन सुरक्षा प्रमाणपत्र प्राप्त छ, जसले यसको उच्च सुरक्षा स्तर सुनिश्चित गर्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!