
काठमाडौँ — निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता गर्न सकिने जनाएको छ। साथै, माघ ११ गते निर्धारित राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भने मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ताको समय तोकिएको छ।
दल दर्ता निवेदनसहित दलसम्बन्धी सबै विवरण, आयोगमा दर्ता मिति तथा आवश्यक कागजातहरू पेश गर्न आयोगले निर्देशन दिएको छ।
राष्ट्रिय सभामा फागुन २० गतेदेखि एक तिहाइ सदस्यको पद रिक्त हुने भएकाले माघ ११ मा उनीहरूको स्थान पूर्ति गर्न निर्वाचन हुँदैछ।
