
काठमाडौँ — प्रगतिशील राष्ट्रिय अभियानले ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेको छ। समितिमा पूर्व माओवादी केन्द्रीय सदस्य, विद्यार्थी नेता, पूर्व जनमुक्ति सेना, वाईसीएल सदस्य, पत्रकारलगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरू समेटिएको अभियानले जनाएको छ।

बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको सूचीअनुसार संयोजन समितिमा सुदन किराती, मदन भट्टराई, मदन लिम्बू, सम्झना राई, पुजन सिंह, अरविन्द्र यादव, लक्ष्मी गुरुङ र प्रकाशचन्द्र पाण्डे रहेका छन्।
त्यसैगरी राजु ओलमगर, सन्तोष विष्ट, प्रेमबहादुर तामाङ, यज्ञबर्मा शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मतकुमार विक, सन्दिप पुन र यगेन्द्र ढकाल पनि समितिमा समावेश छन्।
अन्य सदस्यमा नारायणी शर्मा, भीमबहादुर मल्ल, गोरखबहादुर केसी, जटिल कार्की, देवीराम देवकोटा, जन्मेदव जैसी, टेकेन्द्र भट्ट, दीपक साउद, पुष्प न्यौपाने, डा. अच्युत भट्ट, विमल सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेका छन्।
माओवादी केन्द्र र एकीकृत समाजवादीबीच कात्तिक १९ गते एकता घोषणा हुनुअगाडिनै जनार्दन शर्मा, राम कार्की सहितका नेताहरूले प्रगतिशील राष्ट्रिय अभियानको घोषणा गरेका थिए।
बुधबार मात्र माओवादीका पूर्व केन्द्रीय सदस्य लक्ष्मण पन्त, ओम शर्मा लगायत १० जनाले विज्ञप्ति जारी गर्दै अभियानमा आफ्नो सक्रियता जनाएका थिए।