विराटनगर। विराटनगरमा श्रृखलाबद्ध रुपमा चोरीको घटना सार्वजनिक भएको छ । पछिल्लो केही हप्तामै विराटनगरमा श्रृखलाबद्ध तरिकाले चोरी घटना भएका हुन् ।

विराटनगर क्षेत्रमा चोरीको घटना बढेपछि सर्वसाधारणले असुरक्षित महशुस गर्न थालेका छन । प्रहरी प्रशासनले विशेष कडाइ गर्न नसक्दा चोरी बढेको स्थानियको आरोप छ ।

घटना दोहरिदै गए पछि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले आफै घटनाका विषयमा चासो लिदै जिल्ला प्रहरी कार्यालय मोरङ पुगेर शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेका छन् । जनगुनासो बढेको र चोरीका घटना बढेसंगै आफु स्वयं जिल्ला प्रहरी कार्यालयमा आएको बताए । उनले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठसंग भेटेर चोरीका घटनाहरु नियन्त्रणका प्रयासहरु थाल्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!