हिपमत डटकम

सोमबार, मंसिर १९, २०७९ || 252  पटक पढिएको

फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेले कतारमा जारी फिफा विश्वकप फुटबलमा आफ्नो ध्यान ब्यक्तिगत पुरस्कारमा भन्दा विश्वकप उपाधिमा केन्द्रित भएको बताउनुभएको छ ।

फ्रान्सले प्रिक्वार्टरफाइनलमा आइतबार राति पोल्यान्डलाई ३–१ गोलले हराएर क्वार्टरफाइनलमा स्थान बनाएपछि आयोजित पत्रकार सम्मेलनमा एमबाप्पेले आफ्नो एउटै लक्ष्य फ्रान्सलाई उपाधि दिलाउनु भएको बताउनुभयो । साविक विजेता फ्रान्स अहिले कतारमा आफ्नो अब्बल प्रदर्शन गरिरहेको छ ।

प्रिक्वार्टरफाइनलमा फ्रान्सले पोल्यान्डलाई हराउँदा एमबाप्पेले दुई गोल गर्नुभएको थियो । अर्को गोल ओलिभर गिरोडले गर्नुभएको थियो । ओलिभरको गोलमा पनि एमबाप्पेले पास दिनुभएको थियो । जारी विश्वकपमा पाँच गोल गरिसक्नुभएका एमबाप्पेले गोलका लागि दुई ‘एसिस्ट’ समेत दिनुभएको छ ।

उच्च लयमा रहनुभएका २३ बर्षीय एमबाप्पे यस विश्वकपमा गोल्डेन बुटको दावेदार हुनुहुन्छ । तर, उहाँले आफु गोल्डेल बल र बुट लिन कतार नआएको दोहोर्‍याउनु भयो । उहाँले भन्नुभयो, ‘‘हामीलाई अगाडि बढ्न क्वार्टरफाइनल झनै महत्वपूर्ण छ । म त्यसैमा केन्द्रित हुनेछु । मैले ब्यक्तिगत उपाधि जित्ने भन्दा विश्वकप उपाधि रक्षा गर्ने सपना देखेको छु ।’’

उहाँले फ्रान्स उपाधिभन्दा धेरै टाढा रहेकोले अझै मिहेनत गर्नुपर्ने पनि बताउनुभयो । सन् १९९८ र २०१८ को विश्वकप उपाधि चुमेको फ्रान्सले क्वार्टरफाइनलमा शुक्रबार राति सन् १९६६ को विजेता इङ्ग्ल्यान्डको सामना गर्नेछ । इङ्ग्ल्यान्डले प्रिक्वार्टरफाइनलमा सेनेगललाई ३-० गोलले हराउँदै फ्रन्ससँगको भेट पक्का गरेको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!