हिपमत डटकम

आइतबार, कार्तिक २७, २०७९ || 74976  पटक पढिएको

झापा। झापाको बुद्धशान्ति गाउँपालिका(३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका(१ झापा घर भई बुद्धशान्ति(३ मा बस्दै आएका ३१ बर्षीय मोहमद हुसेन रहेका छन । हिजो राती ९ बजे लागुऔषध नियन्त्रण व्युरो काकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हुसेनको साथबाट १०२ ग्राम ब्राउन सुगर बरामद गरेको हो भने मेचीनगर(८ का बिकाश राजबंशीको कोठामा लुकाई राखेको २५ ग्राम २५० मिलि ग्राम ब्राउ सुगर र डिजिलट तराजु १ थान समेत बरामद गरेको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका हुसेनको इलका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको र बिकाश राजबंशी घरकोठामा नरहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!