हिपमत डटकम

शनिबार, कार्तिक २६, २०७९ || 59146  पटक पढिएको

तनहुँ, कात्तिक २६ गते । साथीले रड प्रहार गर्दा तनहुँमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको शुक्ल गण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने २४ वर्षीय विराम आलेको मृत्यु भएको हो ।

दुलेगौंडा स्थित रिमाल अटो केयरमा काम आलेलाई त्यही काम गर्ने सर्लाही गौरीशङ्कर नगरपालिका–५ का २५ वर्षीय नवीन कुमार चौधरीले रडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रवार दिउँसो चौधरीले टाउको लगाएका विभिन्न ठाउँमा रडले प्रहार गर्दा गम्भिर घाइते भएका आले पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

आलेलाई प्रहरीले तत्कालै उद्धार गरी तनहुँ सेवा अस्पताल दुलेगौडामा लगेकोमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको थियो । चौधरीलाई घटना लगत्तै पक्राउ गरिएको प्रनाउ खड्का बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!