हिपमत डटकम

सोमबार, कार्तिक २१, २०७९ || 26468  पटक पढिएको

रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका–५ काे पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको छ।कतारबाट छुट्टी आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन् ।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पङ्खामा झुन्डिएको अवस्थामा रहेको देखिएकोले श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलको टोली आएकाले थप प्रक्रिया अगाडि बढेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!