हिपमत डटकम

बिहिबार, आश्विन ०६, २०७९ || 2219  पटक पढिएको

सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या एक सय ४६ पुगेको छ । यहाँका अरु केही व्यक्ति हराइरहेका समाचारमा जनाइएको छ । यहाँको नेशनल काउन्सिल फर सिभिल डिफेन्सले सो कुराको जानकारी दिएको हो ।

 

सो काउन्सिलले यहाँ यही सेप्टेम्बर महिनाको २१ तारिख अर्थात् बुधबारसम्ममा यहाँ बाढी पहिरोबाट ज्यान जाने नागरिकको संख्या एक सय ४६ पुगेको जानकारी बुधबार दिएको छ । हालै यहाँ आएको बाढीले पाँच हजारभन्दा बढी घर बगाएको छ भने अरु सात हजार घरमा क्षति पुगेको छ ।

यहाँको उत्तरी क्षेत्रका दुई सय ५० भन्दा बढी गाउँमा बाढीले क्षति पुर्याएको बताइएको छ । बाढीबाट दशौँ हजार हेक्टर जमिनको खेती नष्ट गरिदिएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षति पुर्याएको छ । यो बाढीबाट गएको जुन महिनादेखि यहाँ कम्तीमा पनि एक लाख ३६ हजार व्यक्ति प्रभावित हुन पुगेका छन् । उनीहरुमध्ये आधाभन्दा बढीको त घर ध्वस्त भएकाले विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!