हिपमत डटकम

बिहिबार, आश्विन ०६, २०७९ || 829  पटक पढिएको

महसा अमिनी नामक महिलाको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा सुरु भएको विरोध प्रदर्शन रोकिने छाँटकाँट छैन । इरानका विभिन्न सहरमा लगातार पाँचौँ दिन पनि प्रदर्शन जारी छ । बीबीसीले तेहरान, तालेश, मशाद, जेहेदान, अहवाज, सिर्जन, अमोल, केशम र नौशहर लगायतका शहरहरूबाट भिडियोहरू प्राप्त गरेको छ ।

यी आन्दोलनमा ‘तानाशाहको मृत्यु होस्’ लगायतका नारा लगाइँदैछन् । यो नारा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको लागि लगाइएको थियो । पाँचौं दिन पनि जारी आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । यससँगै इरानका धेरै भागहरूमा इन्स्टाग्राम र व्हाट्सएप जस्ता सामाजिक सञ्जाल एपहरू प्रतिबन्धित छन् ।

महिलाहरुले लगातार पाँचौ दिन पनि विभिन्न स्थानमा हिजाब जलाएर विरोध प्रदर्शन जारी राखेका छन् ।​ महसा अमिनी नामकी युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा पछिल्लो समय प्रदर्शन सुरु भएको छ ।

इरानको कुर्दिस्तान प्रान्तकी २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!