हिपमत डटकम

बिहिबार, आश्विन ०६, २०७९ || 1487  पटक पढिएको

डेनमार्ककी रानीलाई यस वर्ष दोस्रो पटक कोभिड–१९ को संक्रमण पुष्टि भएको डेनमार्कको शाही अदालतले पुष्टि गरेको छ । मंगलबार कोभिड पुष्टि भएपछि रानी मार्गरेट द्वितीयले सम्पूर्ण भेटघाटका कार्य रद्द गरिन् ।

 

मार्ग्रेटले कोभिड विरुद्धको खोप लगाएकी थिइन् । यो वर्षको फेब्रुअरीमा पनि उनलाई कोभिड देखा परेको थियो। ८२ वर्षीया रानी सोमबार महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी २ हजार पाहुना मध्ये एक थिइन ।

उनी बेलायती महारानीको मृत्युपछि युरोपको सबैभन्दा लामो समयसम्म सेवा गर्ने राष्ट्र प्रमुख हुन् । उनी र महारानी एलिजाबेथ दुबै रानी भिक्टोरियाका वंशज हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!