हिपमत डटकम

बिहिबार, आश्विन ०६, २०७९ || 960  पटक पढिएको

खोटाङको साकेला गाउँपालिकाले अशक्त लाभग्राहीहरुलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिक रुपमा अशक्तलाई लक्षित गर्दै गाउँपालिकाले शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।

एसबिआई बैंकसँगको सहकार्यमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट मंगलबारदेखि अशक्तलाई लक्षित गर्दै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको हो । मात्तिमबिर्ताका ९० जना वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई चालु आर्थिक वर्षको प्रथम चौमासिकवापत करिब १३ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए ।

बुधबार साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ८२ अशक्त लाभग्राहीलाई भत्ता स्वरुप १२ लाख ९२ हजार वितरण गरिएको छ । कष्टका साथ बैंकसम्म पुगेर भत्ता बुझ्दै आएका अशक्त शिविरबाट लाभान्वित भएका छन् ।

पाँच वडा रहेको गाउँपालिकाका हरेक वडामा शिबिर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ । भुक्तानी शिविर आगामी असोज १२ गतेसम्म सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । बैंकसम्म पुग्न सक्ने अन्य लाभग्राहीले भने बैंकबाटै सामाजिक सुरक्षा भत्ता बुझिरहेका छन् ।

साकेला गाउँपालिकामा पहिलो त्रैमासिकका लागि १ करोड २३ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा भएको छ । साकेलामा सामाजिक सुरक्षा भत्ता बुझ्दैआएका एक हजार चार सय लाभग्राही छन् । सामाजिक सुरक्षा भत्ता वितरणमा स्वयं नेपाल एसबिआई बैंङ्कका शाखा प्रबन्धक असिम इङ्नाम र गाउँपालिकाको सामाजिक सुरक्षा शाखाका कर्मचारी खटिएका छन् । ‘स्थानीय सरकार जनताको घरदैलोमा पुग्नसक्नु पर्छ’ अध्यक्ष राईले भने, ‘हामी ज्येष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक, अपाङ्गता भएका नागरिकको सहजताका लागि घरदैलो अभियानमार्फत सेवा पुर्‍याउने जमर्को गरिरहेका छौँ ।’

सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता भएको गुनासो सार्वजनिक भएपछि साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७(०७८ को दोश्रो चौमासिकदेखि नेपाल एसबिआई बैंकको साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दै आएको छ । तर बृद्धावस्थामा, अशक्तताका कारण बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्षित गरि गाउँपालिका र बैंकले वडा–वडामा शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको हो । गाउँपालिका र बैंकबीचमा वर्षको तीन पटक गाउँगाउँमा शिविर सञ्चालन गरेर भत्ता वितरण गर्ने सम्झौता छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!