
ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका-७ सिस्टिङ बस्ने चन्द्र बहादुर बस्नेतको घरमा चुलोमा बालेको आगो सल्किएर मंगलबार दिउँसो गई आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यसैगरी धनकुटा, चौबिसे गाउँपालिका-१ पोखरी बस्ने आईतवीर मगरको घरमा अचानक विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा घर, ३० हजार रूपैयाँ नगद, अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उदयपुर, बेलका नगरपालिका-२ नारायाणपुर टोल बस्ने ३५ वर्षीय रामेश्वर सदाको घरमा मंगलबार साँझ अचानक आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाडावर्तन, सुनचाँदी र नगद समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।