हिपमत डटकम

बुधबार, आश्विन ०५, २०७९ || 5363  पटक पढिएको

धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका-५ स्थित सडकमा प्र.३-०२-०१२ प ८१२२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने २१ वर्षीय दिल्लिराम खातीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसगरी झापा जिल्लाको शिवसताक्षी नगरपालिका-१० सैनिक चोकस्थित सडकमा बा.१४ च ९१०८ नम्बरको कार आफै अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किएर मंगलबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कार चालक सप्तरी लेगडा बस्ने ४४ वर्षीय बलराम यादव र कारमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका-१० बस्ने ३० वर्षीया गिता चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यसगरी सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका-९ फुलबारी टोलस्थित सडकमा प्रदेश नम्बर १-०२-००३ ह ३०४१ नम्बरको सिटी सफारीको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-५ बस्ने ८२ वर्षीय उमाकान्त भण्डारीको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसगरी कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-७ जवाभरीस्थित सडकमा लु.४१ प ९३२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने महम्मद मुस्तखाको १६ वर्षीया छोरी अमरुन निसाको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शिवराज अस्पताल बहादुरगंज हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यसगरी कास्की जिल्लाको पोखरा महानगरपालिका-२५ हेम्जा हनुमान टोलस्थित सडकमा ग.२२ प ५३७० नम्बरको स्कुटर आफै अनियन्त्रित भई डिभाईडरमा ठोक्किएर मंगलबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक तनहुँ ब्यास नगरपालिका-१ बस्ने ५० वर्षीय बल बहादुर राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनास्थलमा उद्धार कार्य गर्नुको साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!