
नेपाली कांग्रेसका नेता आर्जननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको गम्भीर उल्लंघन भएको बताएका छन् ।
प्रतिनिधि र राष्ट्रियसभाले दोस्रो पटक पारित गरेर पटाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेर संविधानवादको हुर्मत लिएको नेता केसीले बताए । बुधबार विहान समाजिक सञ्जालमार्फत उनले

‘नागरिकता विधेयक कति सही र गलत छन् ? यो जनताको विवेकले ठम्याउने र संसद तथा सरकारको जिम्मेवारीको विषय हो,’ उनले लेखेका छन्, ‘तर किटानी संवैधानिक व्यवस्थाको गम्भीर उलङ्घन गर्दै संवैधानिक राष्ट्रपतिले अस्वीकृत गर्नु संविधान र लोकतन्त्र,शक्ति सन्तुलन,नियन्त्रण र पृथकीकरण तथा संविधानवादको हुर्मत लिएको छ।’