हिपमत डटकम

मंगलबार, आश्विन ०४, २०७९ || 8558  पटक पढिएको

धनगढी : धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अस्पताल प्रशासनले उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं लैजाने तयारी गरेको छ ।

अनसनरत केसीले भने आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडान लिएका छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार काठमाडौंबाट जसरी भए पनि डा. केसीलाई पठाउन निर्देशन आइसकेको छ । यही कारण आज उनलाई जबर्जस्ती भए पनि काठमाडौं लगिने उनको भनाइ छ ।

यस्तो छ डा. केसीको स्वास्थ्य अवस्था :

डा. केसीको उपचारमा संलग्न डा. शेरबहादुर कमरका अनुसार उनको सुगर लेवल घटेर ४० पुगेको छ । यस्तै, प्रेसरको लेभल पनि निकै कम रहेको छ । अर्का डा. सुबेधराज कायस्थले उनको आमाशयबाट पनि रक्तश्राव भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!