
बिराटनगर। नेपाली कांग्रेसकी नेत्री निरा कट्टेलको नाम अहिले प्रदेश संसदको लागि चर्चामा छ। उनको नाम मोरंग क्षेत्र न-२ ख प्रदेश सभाबाट सामानुपातिक तर्फ सिफारिस भएको छ। निराको नाममा स्थानीय नेताहरुले समेत समर्थन जनाएको निरा कट्टेलले हिपमत डटकमलाई बताईन।

प्रदेश सभाको सामानुपातिक महिला तर्फ उनको नाम फाईनल हुने सम्भावना प्रवल रहेको कांग्रेसका एक नेताले हिपमत मिडियालाई जानकारी दिए उनले भने निराको नाममा नेताहरुले पनि सहमति जनाउनु भएको अब अन्तिम रुप दिने कसरतमा हामि लागेका छौ एक नेताले बताए ।
मोरङ क्षेत्र नं. २ रतुवामाइ नगरपालिका निवासी कट्टेललाई प्रदेश सभा समानुपातिक तर्फ टिकट दिनु पर्ने नेपाली काँग्रेस पार्टी भित्र जन दवाद बढदै गएको छ । राजनिती संगै समाजसेवामा सक्रिय रहेकी कट्टेलले यस क्षेत्रका जनतालाई कुनै समस्या पर्दा यथा सम्भव्व सहयोग गर्दै आएकी छिन्।
नेपाली काँग्रेसमा लामो समय देखि आवद्ध भई राजनिती गर्दै आएकी कट्टेल बि. सं. २०४८ सालम महिला संघको इटहरा गाबिसको सचीव हुदै सभापतिको पदमा रहि काम गरिसकेकी छिन् नेपाली काँग्रेस मोरङ जिल्ला सदस्यको रुपमा दुई कार्यकाल र महिला शाखा प्रमुख समेत भई काम गरीसकेकी छिन् । उनि हाल पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधि र विभिन्न सामाजिक संस्थामा आवद्ध रहि स्थानीय तहमा सामाजिक सेवामा क्रियाशिल छिन् । उनलाई टिकट दिनु पर्ने माग गर्दै एक समूह नेताहरुसंग संवादमा छन्।
अन्य पार्टीबाट सामानुपातिक तर्फको उम्मेदवारहरुको नाम धमाधम सार्वजानिक भईरहेको बेला कांग्रेसबाट कस-कसको नाम पर्यो त्यो भने निकै गोप्य राखिएको छ। अहिलेसम्म प्रदेश तर्फ सामानुपातिकमा कस कसको नाम पर्यो सार्वजानिक गरिएको छैन।