हिपमत डटकम

मंगलबार, आश्विन ०४, २०७९ || 2227  पटक पढिएको

अन्तरिक्षमा कीर्तिमानी समय बसेका रुसी अन्तरिक्ष यात्रीको ८० वर्षको उमेरमा निधन भएको छ ।​ भलेरी पोल्याकोभले सन् १९९४–१९९५ को बीचमा ४३७ दिन मीर अन्तरिक्ष स्टेशनमा बिताएका थिए ।

त्यहाँ उनले मंगल ग्रहमा लामो दूरीको यात्रा गर्नुपर्‍यो भने मानिसहरूले आफ्नो मानसिक स्वास्थ्य कायम राख्न सक्छन् त भनेर प्रयोग गरिरहेका थिए। परीक्षणमा पत्ता लागे अनुसार १४ महिनाको उनको यो अभियानका बेला उनका कार्यशैलीमा कुनै पनि परिवर्तन देखिएन ।

रुसी अन्तरिक्ष एजेन्सीले पोल्याकोभको मृत्यु भएको घोषणा गरेको छ । यस अवधिमा उनको मानार्थ उपाधिहरू – हिरो अफ सोभियत र पाइलट कस्मोनट अफ द युएसएसआर प्रयोग गरिएको छ ।

पोल्याकोव को मृत्युको कारण अझै थाहा छैन ।

अन्तरिक्ष एजेन्सी रोजकोसमोसले टेलिग्राममा एउटा पोस्टमा लेखेको छ – पोल्याकोभको अनुसन्धानले मानव शरीर टाढा अन्तरिक्षमा पनि प्रतिकूलताहरूको सामना गर्न सक्षम छ भनेर बुझिएको छ ।

हालसम्म यथावत छ रेकर्ड

पोल्याकोवको जन्म सन् १९४२ मा मस्कोको तुला शहरमा भएको थियो । उनी पहिला एक फिजिसियन थिए र त्यसपछि अन्तरिक्ष यात्री बने ।

उनको पहिलो मिशन अगस्त १९८८ मा सुरु भएको थियो, जसमा उनले आठ महिना अन्तरिक्षमा बिताएका थिए ।

यसपछि उनले ६ वर्षपछि गरेको यात्रा सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बस्ने कीर्तिमान हो, जुन अहिलेसम्म कायमै छ ।

पोल्याकोभले ८ जनवरी १९९४ देखि २२ मार्च १९५५ सम्म मीर स्पेस स्टेशनमा काम गरे । यस क्रममा उनले ७ हजारभन्दा बढी पटक पृथ्वीको परिक्रमा गरेका थिए ।

पछि उनले मंगल ग्रहमा बिताएको समय आफूले त्यहाँ जान र आउनको यात्रा बराबर भएको बताए ।

मिर स्पेस स्टेशन सन् १९८६ मा कक्षमा पठाइएको थियो । पहिले सोभियत संघको नियन्त्रणमा थियो र त्यपछि रुसको नियन्त्रणमा आयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!