

मून्दड़ा समाजिक कार्य संग संगै धार्मिक कार्यमा समेत सक्रिय रहदै आएको


विराटनगर । असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्नु भएको मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित व्यक्तित्वहरुमा विराटनगरका समाजसेवी, धार्मिक व्यक्तित्व तथा उद्योगी बेनि गोपाल मून्दड़ा सहित दुई जना “सु-प्रबल जनसेवाश्री” सम्मानबाट सम्मानित भएका छन् । सम्मानित हुनेमा मून्दड़ा ग्रुपका उपाध्यक्ष बेनि गोपाल मून्दड़ा र उद्योगी जगदीश प्रशाद अग्रवाल रहेका छन् ।

सफल उद्योगी मून्दड़ा समाज सेवामा सदैव अग्रपंक्तिमा रहदै शिक्षा, स्वास्थ्य सहितका अनेकौं क्षेत्रमा उल्लेखनिय योगदान रहेको छ ।
समाज सेवामा अग्रसर रहने मून्दड़ा परिवार विद्यालयमा कोठा निर्माण देखि लिएर छात्रावासको निर्माण, बृद्धा आश्रममा कोठा निर्माण, संयुक्त लगानीमा कोशी अंचल अस्पतालको आकस्मिक सेवा विभागमा ५० बेडको थप दुई तल्ले भवन निर्माण गर्नुको साथै संयुक्त लगानीमै पुर्वाञ्चलकै एकमात्र बिराट बहिरा माध्यमिक विद्यालयमा ५० बेडको दुई तल्ले छात्रावास भवन निर्माण गरी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
मून्दड़ा समाजिक कार्य संग संगै धार्मिक कार्यमा समेत सक्रिय रहदै आएको छ ।
त्यसैगरी मोरंगकै अन्य चार जना “प्रबल जनसेवाश्री” बाट सम्मानित भएका छन् । सम्मानित हुनेमा बिराटनगरका समाजसेवी भीखम चन्द अग्रवाल, बिराटनगरकै उद्योगी भीम प्रसाद घिमिरे, रंगेलीका उद्योगी प्रमोद कुमार अग्रवाल र सोही ठाउँका उद्योगी पवन कुमार अग्रवाल रहेका छन् ।