हिपमत डटकम

शनिबार, आश्विन ०१, २०७९ || 1261  पटक पढिएको

विराटनगर । विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ ।

महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको मेयर नागेश कोइरालाले जानकारी दिए । महानगरवासीका कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने उहाँको भनाइ छ । हटलाइन सेवा चौवीसै घन्टा खुल्ला रहनेछ । “महानगरवासीले महानगरसँग सम्बन्धित जुनसुकै समस्या र गुनासा हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्नुहुनेछ,” मेयर कोइरालाले भने, “आएका गुनासा र सुझावलाई सम्बन्धित महाशाखा र शाखामार्फत प्राथमिकताका आधारमा सम्बोधन गरिनेछ ।”

महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १६६०२१४२२२२ रहेको छ । महानगरवासीले इमेल गरेर समेत आफ्ना गुनासा र सुझाव दिन सक्ने व्यवस्था मिलाइएको मेयर कोइरालाले बताए । उनका अनुसार केही हप्ता पहिलादेखि नै हटलाइन सेवा परीक्षणका लागि सञ्चालनमा ल्याइएको थियो ।

असोज १ गतेदेखि भने औपचारिक रुपमा सञ्चालनमा ल्याइएको उनको भनाइ थियो । हटलाइनको व्यवस्थापनको जिम्मा नगर प्रहरीलाई दिइएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । हटलाइनमार्फत आएका गुनासा र सुझाव नगर प्रहरीले टिपोर्ट गरेर मेयर र उपमेयरसहित सम्बन्धित महाशाखा र शाखा प्रमुखलाई उपलब्ध गराउनेछ । त्यस्तै नगलबकय२दष्चबतलबनचmगल।नयख।लउ मा इमेल गरेर आफ्ना गुनासा र सुझाव दिन सक्ने व्यवस्था पनि मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!