हिपमत डटकम

शुक्रबार, भाद्र ३१, २०७९ || 2745  पटक पढिएको

सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा कास्य पदक जितेको छ । शुक्रबार बिहान खेल वर्षाका कारण खेल्न सम्भव नभए पछि टस गरेर निर्णय लिँदा सुदूरपश्चिमले कास्य जित्यो । कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिला टस जितेर एनआरएनए स्पोर्ट्स एकेडेमी विरुद्ध सुदूरपश्चिमले ब्याटिङ गर्ने निर्णय लिएको थियो । त्यसपछि वर्षाले खेल हुन सकेन ।

 

खेल हुन नसके पश्चात पुनः भएको टसमा सुदूरपश्चिम प्रदेशले एनआरएनए स्पोर्टस एकेडेमी विरुद्ध टस जितेपछि पदक जित्यो । सुदूरपश्चिमले जितका साथ कास्य पदक जितेको छ । एनआरएनए चौथो स्थान प्राप्त गर्‍यो । आज नै स्वर्णका लागि विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!