राम प्रेम यादब

बिहिबार, भाद्र ३०, २०७९ || 1049  पटक पढिएको

बरियारपट्टी । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । २९ भदौं बुधबार ५८ औं राष्ट्रिय वाल दिवसको अवसरमा आयोजना गरिएको थियो ।

श्री लक्षण सिंह कृषि सहकारी संस्था लि. को आयोजनामा गरिएको वक्तृत्वकला प्रतियोगिता श्री ज.मा.वि. प्राविधिक धार बरियारपट्टी-३, सिरहाको प्रङ्गण सम्पन्न भएको हो ।

“दाइजो प्रथा मधेशको अभिशाप भन्ने शिर्षकमा हुन गईरहेको वक्तृत्वकला प्रतियोगिता “वाल मैत्रि समाजको अधार,जिम्मेवार परिवार र उत्तरदायी सरकार” बन्नमा सहयोग पुर्याउने छ भन्ने उदेश्यले आयोजना गरेको श्री लक्षण सिंह कृषि सहकारी संस्था लि। का अध्यक्ष अजय यादवले हिपमत डटकमलाई बताए ।

प्रतियोगीतामा बरियारपट्टी गाउँपालिका भरीका कक्षा ९, १०, ११ र १२ पढने विद्यार्थीहरु सहभागी रहेको आयोजकले बताए ।

प्रतियोगितामा यस गा पा भरीमा रहेका श्री जनता माध्यमिक विद्यालय बरियारपट्टी-३, श्री जनता मा.वि. देउरीपट्टी सिबनगर-३, श्री जनता मा.वि. खाक्सी जानकीनगर-२, श्री जनता मा.वि. जिझैल कजरा-५ गरी चार स्कुलको सहभागिता रहेका थिए ।

श्री जनता माध्यमिक विद्यालय बरियारपट्टी-३ का माला चौधरी प्रथम, श्री जनता मा वि देउरीपट्टी सिबनगर-३ का संजना कुमारी झा दितिय र श्री जनता माध्यमिक विद्यालय बरियारपट्टी-३ का राम पुजन कामत तृतीय भएका थिए ।

प्रतियोगीतामा सहभागी विद्यार्थीका लागि पुरस्कारमा मेडल सहित ट्रर्फीको ब्यवस्ता रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिती बरियारपट्टी गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादव, बिशिष्ठ अतिथी श्री जनता माध्यमिक विद्यालय बरियारपट्टी-३ का प्रधानध्यापक बिरबल यादव, वडा नम्बरका बडा अध्यक्ष बिनोद कुमार यादव, निबर्तमान उपाध्यक्ष रेखा कुमारी यादव, नेकपा माओवादी केन्द्रका गा.पा. अध्यक्ष रामेशवर यादव, प्रत्यके स्कुलका प्रतिनिधीहरु, श्री जनता माध्यमिक विद्यालय बरियारपट्टी-३ का सम्पुर्ण शिक्षक टिम लगायत बिद्यार्थी र स्थानियको ब्यापक उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन स्थानीय युवा लालबिर यादवले गरेको थियो भन्ने  श्री लक्षण सिंह कृषि सहकारी संस्था लि. का अध्यक्ष अजय यादवको अध्यक्षताम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!