नेकपा एमालेका सांसद खगराज अधिकारीले वर्तमान सरकार गुठीको समस्या समाधान गर्नका लागि उदासीन भएको आरोप लगाएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै अधिकारीले गुठी समस्या समाधान गर्न सरकारले के कस्तो पहल गर्दैछ भनेर जवाफ पनि माग गरेका छन् ।

उनले भने, ‘ओली सरकारको पालामा हामीले गुठी सम्बन्धी विधेयक छलफलमा ल्यायौँ । अहिले पनि धादिङमा श्री ५ को वायुको गुठी छ । पलाञ्चोक, म्याग्दीलगायत विभिन्न स्थानमा गुठीको समस्या छ । तर गुठीको समस्या समाधान गर्न सरकार उदासीन छ । हिजो गुठीको समस्या समाधान गर्न ल्याएको विधेयक भड्काउन माइतीघर मण्डलाको जुलुसमा सामेल हुनेहरू आज सरकारमा हुनुहुन्छ । उहाँहरू के गर्दै हुनुहुन्छ, जवाफ चाहियो ।’

अधिकारीले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले सिफारिस गरेको विकास योजनालाई सरकारले रोक्ने र बजेट नदिने काम गरेको आरोप पनि लगाए । उनले सरकार विकास विरोधी भएको बताउँदै यसरी प्रतिशोध साँध्ने काम गरे जनताले जवाफ दिने चेतावनी पनि दिए ।

‘अघिल्लो सरकारले रणनीतिक महत्त्वका सडकहरू १६५ निर्वाचन क्षेत्रमा सुरु गरेको थियो । ती अहिले सुषुप्त अवस्था वा रोकिएका छन् । प्रतिपक्षी दलले सिफारिस गरेका स्थानमा बजेट नदिने, काम हुन नदिने सरकारी षडयन्त्र भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!