हिपमत डटकम

बुधबार, भाद्र २९, २०७९ || 1307  पटक पढिएको

नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले डेंगुको उपचारका लागि जनरल वार्ड सञ्चालनमा ल्याएको छ। यस वार्डमा विशेषज्ञ डाक्टरसहितका स्वास्थ्यकर्मी चौबीसै घण्टा बिरामीको सेवामा खटिरहेका छन्।

‘सर्वसाधारणलाई उपचारमा आर्थिक समस्या नहोस् भनेर हामीले जनरल वार्ड सञ्चालनमा ल्याएका हौँ,’ अस्पतालका निर्देशक तथा प्रशासकीय प्रमुख दीपकचन्द्र बरालले भने- ‘यहाँ अति न्युन शुल्कमा बिरामी भर्ना हुनसक्छन्। आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा थप सहुलियत तथा अति विपन्नलाई निशुल्क उपचार पनि गर्छौँ । उपचार नपाएर कोही मर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो।’

एभरेस्ट अस्पतालमा डा.निरज नेपाल, डा. निमेष पौडेल, डा.सरोज गौडेल, डा.रामनारायण शाह, डा.प्रताप नारायण शाह, अदिप श्रेष्ठलगायत वरिष्ठ चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मिलित मेडिकल टिमले डेंगुको उपचार गरिरहेको छ। एभरेस्ट अस्पतालमा परीक्षणका लागि आएकामध्ये ६० प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको निर्देशक बरालले बताए।

‘हाम्रोमा यस महिना भदौ १ गतेदेखि अहिलेसम्म १ हजार ६० जना डेंगु परीक्षणका लागि आएकोमा ८ सय २३ जनामा सङ्क्रमण देखिएको छ,’ बरालले भने- ‘डेंगु प्रकोपकै रूपमा देखिएकाले सर्वसाधारणलाई धेरैभन्दा धेरै सुविधा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ।’ पछिल्लो समय डेंगु भाइरस फैलिएसँगै काठमाडौंका अस्पतालहरूमा बिरामीको चाप बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!