झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का २८ बर्षीय मोहन राजवंशीको कोठाबाट ५ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । राजवंशीको कोठाबाट लागुऔषध बरामद भएसंगै उनिलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

यसैगरी झापाकै भद्रपुर नगरपालिका-५ मेची पुल छेउबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पोमा लुकाई छिपाई राखेको १ ग्राम ६१० मिलिग्राम लागुऔषध बरामद गरेको थियो ।

टेम्पोबाट लागुऔषध बरामद भए संगै चालक बिर्तामोड-२ का ३६ बर्षीय लोकराज राजवंशी र टेम्पोमा सवार कन्काई नगरपालिका-८ का २५ बर्षीय अजय राजवंशीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!