हिपमत डटकम

मंगलबार, भाद्र २८, २०७९ || 5987  पटक पढिएको

भोजपुरमा पाँचदेखि ११ बर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने अभियान अहिले पनि जारी रहेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले यहाँका साढे १६ हजार बालबालिकालाई कोरोना विरुद्ध खोप दिएको जानकारी दिए । कोरोना रोकथामका लागि यहाँका हालसम्म १६ हजार पाँच सय २४ बालबालिकाले खोप लगाएका छन् ।

 

पहिला मात्र खोप लगाएकाहरूका लागि पुनः दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए। भदौ २७ गते दोस्रो चरणको अभियान सुरु भएको छ । खोपका लागि तोकिएको उमेर समूह विद्यालयमा बढी हुने भएकाले विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र कायम गरिएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार जिल्लामा अहिलेसम्म एक लाख सात हजार सात सय ५४ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । खोपबाट बञ्चित नहुन भन्नका लागि जिल्ला अस्पतालमा समेत हप्तामा एक दिन खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!