
सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका-५ मोहनपुरस्थित सडकमा प्रदेश २-०१-००२ प ३९९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुदाँ मोटरसाइकलमा सवार सप्तरी बोदेबर्साईन नगरपालिका-२ बस्ने ४५ वर्षीया अंजना देवी यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी सर्लाही जिल्लाको हरिवन नगरपालिका-१० नयाँरोड चोकमा ना.८ ख ८२६७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझीको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।