हिपमत डटकम

बिहिबार, भाद्र २३, २०७९ || 2191  पटक पढिएको

नबिल बैंक र युनिलिभर नेपालबीच फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखर्जीले सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरे । सम्झौतामा हस्ताक्षरसँगै युनिलिभर नेपालले आफ्ना तीनजना वितरकहरुलाई च्यानल फाइनान्सिङ सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।

यस अन्तर्गत युनिलिभरसँग आबद्ध व्यवसायीहरुले फाइनान्सिङको रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरुबाट कर्जा उपभोग गर्न पाउने छन् । यसका प्रमुख आकर्षण अन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई कर्जा पनि उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!