हिपमत डटकम

बिहिबार, भाद्र २३, २०७९ || 2042  पटक पढिएको

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरुो अन्तिम अवस्थासम्म संघर्ष गरिरहने बताएका छन् । २४ औं सुरेश वाग्ले (बासु) स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले पनि आफू भिन्न रुपले संघर्षमै रहेको बताएका हुन् ।

‘म भिन्न रुपमा संघर्षमै छु, हुनसक्छ अर्को परिस्थिति बन्यो भने अर्कै रुपमा संघर्षमा बढिराख्ने हुन्छ’, प्रचण्डले भने, ‘यो वर्गयुद्ध हो जारी छ ।’ उनले अहिले कसले जित्छ भन्ने कुराको अन्तिम फैसला भइनसकेको भन्दै संघर्षप्रति प्रतिवद्धता जनाउनु नै बासु वाग्लेप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।

उनले माओवादीमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताए । ‘म संघर्षमै छु त्यसकारण प्रतिकृयावादी प्रतिगामी तत्वबाट प्रहार भइरहेको छ’, प्रचण्डले माओवादी र नेतृत्वमाथिको प्रहार जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!