गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरका पदाधिकारीहरु र न्युयोर्क महानगर अन्तर्राष्ट्रीय समन्वय विभागाका डिपुटीकमीस्नर दिलीप चौहानबीच विभागको न्युयोर्क म्यानह्याटनस्थित कार्यालय २ युएन प्लाजामा सौहार्दपूर्ण भेटघाट एवं छलफ लसम्पन्न भएको छ । भेटघाटमा फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरे, उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्यरामचन्द्र अधिकारी र कार्यसमिति सदस्यहरु क्रमशसुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री उपस्थीत रहेको थियो।

वहाँहरुलाई डिपुटी कमीस्ननर श्री चौहानले कार्यालयमा स्वागत गरी नेपालको सामाजिक,आर्थिक,राजनैतिक एवं समसामयिक परिस्थितिबाारे जानकारी लिनुभएको थियो। वहाँलाई संक्षेपमा जानकारी गराउँदै फाउन्डेशनका अध्यक्ष घिमीरेले नेपालका केहीनगरहरू विश्वकै राजधानी मानीने न्युयोर्क महानगरसँग भगिनी नगरको रुपमा आबद्ध भै आपसमा सामाजीक, संस्कृतिक,पर्यटकीयलगायतका बिषयहरूमा अनुभव एवं प्रविधी आदान-प्रदान गर्न तीब्र ईच्छुक रहेको र सोका लागी क्षेत्रगतरूपमा पुर्वदेखी पश्चीमनेपालसम्म समेटीने गरी केही नगरपालिकाहरूसँग यस्तो सम्बन्ध स्थापित गराई सहयोग गरीदिनुहुन आग्रह गरे।

चौहानले आफुहरू नेपालजस्तो विकासोन्मुख देशको प्रगती र उन्नतिका लागी सक्दो सहयोग गर्नत यार रहेको, गिरीजाप्रसाद कोईराला फाउन्डेशनसँग न्युयोर्क शहरमा कोरोना महामारीमा आफुहरू सँगै खटेर काम गरेको रफाउन्डेशनको गतिशील तथा जुझारू टीमले विगतमा समाजका लागी गरेको कामको उच्च मूल्यांकन गरेको भन्दै प्रशंसा गरे ।आगामी दिनहरूमा पनी फाउन्डेशन ठोस् योजनासहित अगाडी बढ्न अनुरोध समेत गरे।

उपाध्यक्ष लामाले नेपालका नगरहरुमा आधुनिक प्रविधीयुक्त विकासको लागी न्युयोर्कको सहयोग महत्वपूर्ण हुने कुरामाजोड दिए । प्रवक्ता अधिकारीले नेपाल हिमालको राजा देश भएको र यहाँ पर्यटन प्रवर्द्धन गरी उल्लेखनीय पर्यटकहरू भित्र्याउनसकेमा दिगो विकास गर्न सकिने कुरामा जोड दिए।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!