
सुनसरी जिल्लाको दुहबी नगरपालिका-३ फुटानीमा प्रदेश नं.१-०४-००१ प ८१३८ नम्बरको मोटरसाइकल को.१ च ७१८६ नम्बरको पिकअपमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ धनपालथान गाउँपालिका-२ बस्ने २० वर्षीय धिरज मण्डलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका-२ पानीधारास्थित सडकमा लु.२९ प ४०४३ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक अर्घाखांची शितगंगा नगरपालिका-१३ बस्ने २६ वर्षीय पुष्कर भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ४ नम्बर सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी ईलाम जिल्लाको रोङ गाउँपालिका-४ भालुझोडामा मे.१ क ६५४ नम्बरको मिनी ट्रकलाई ओभरटेक गर्ने क्रममा मे.४ प ८३५५ नम्बरको मोटरसाइकलले अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटनामा हुँदा मोटरसाइकल चालक सूर्योदय नगरपालिका-४ बस्ने ३९ वर्षीय रत्न कुमार थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेची अंचल अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी चितवन जिल्लाको राप्ती नगरपालिका-९ पिङटोलमा ना.४६ प ३७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४२ वर्षीय प्रेम तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।