हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 568  पटक पढिएको

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित संरचना ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ । भदौ २२ गते बिहान १० बजे रास्ट्रिय सभागृहमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।

मंसिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको परिचालनलाई देशब्यापी व्यवस्थित र प्रभावकारी बनाउन अखिल (क्रान्तिकारी)ले बिशेष संरचना निर्माण गर्न लागेको हो।

‘क्रान्तिकारी फोर्स’ अखिल (क्रान्तिकारी) केन्द्रीय समिति मातहत रहने नयाँ संरचना हुने उपाध्यक्ष शाहीले जानकारी दिए । कार्यक्रममा अध्यक्ष पञ्चा सिंह सहित केन्द्रीय पदाधिकारीहरु, प्रदेश पदाधिकारीहरु सहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरुको प्रतिनिधिमुलक सहभागीता रहने उपाध्यक्ष शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!