हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 592  पटक पढिएको

नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री जीवनराम श्रेष्ठ अहिले विवादमा तानिएका छन् । सेक्युरिटी गार्डले आफूसँग विवाद गरेपछि प्रहरी लगाएर थुनाएको खुलासा भएसँगै उनी विवादमा तानिएका हुन् । शक्तिको आडमा श्रेष्ठले गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई थुनाएको आरोप छ । चौतर्फी आलोचना भएपछि सोमबार गुरुङलाई रिहा गर्न गृह प्रशासन बाध्य भएको थियो ।

श्रेष्ठ खासमा खेलकुद हुँदै राजनीतिमा प्रवेश गरेका हुन् । यसअघि राखेप सदस्य सचिवसमेत बनेका श्रेष्ठ त्यसैबाट राजनीतिमा छिरेका थिए । त्यसपछि उनको पहिलो प्राथमिकतामा राजनीति र दोस्रो प्रथामिकतामा खेकलुद पर्दै आएको छ । अहिले मन्त्री भएको समयमा ओलम्पिक कमिटीको ठूलो बैठकमा आउने बाहेक उनको केही भूमिका छैन ।

मन्त्री हुनुपूर्व धेरै खेलुकद कार्यक्रममा देखिने उनी अहिले प्राय हुँदैनन् । नेपाल ओलम्पिक कमिटीले आफ्नो छुट्टै विधान बनाएको छैन । तर इन्टरनेसनल ओलम्पिक कमिटीले भने अध्यक्षले मन्त्री बन्दा राजीनामा दिनु पर्छ भन्ने विधानमा नभएको ओलम्पिक कमिटी नेपालले जनाएको छ ।

कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले भोलेन्टियर पद भएका कारण कुनै अर्को जिम्मेवारीमा जान नरोक्ने बताए । ‘मन्त्री बन्नको लागि राजीनामा दिनु पर्छ भन्ने छैन । भोलेन्टियर पद भएका कारण ओलम्पिक कमिटी बाहेकको काम पनि गर्न मिल्छ । कुरा प्रथामिकतामा के छ भन्ने हो । मन्त्रीज्यू अत्यावश्यक बैठकमा आउनु भएको हुन्छ,’ श्रेष्ठले भने ।

पहिलो पटक सन् १९९७ मा ओलम्पिक कमिटीको अध्यक्ष भएका श्रेष्ठ दोस्रो पटक सन् २०१५ देखि हाल अहिले सम्म अध्यक्ष छन् । उनको यो तेस्रो कार्यकाल हो । उसो त ओलम्पिक कमिटी बेलाबेला विवादमा समेत आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!