हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 409  पटक पढिएको

जनता समाजवादी पार्टी नेपाल त्यागेर सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका नरसिंह चौधरीलाई सो पार्टीले उपाध्यक्षको जिम्मेवारी दिएको छ । नेपाल सद्भावना पार्टीका संस्थापकमध्येका एक नेता चौधरीले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको साथमा रहेर लामो समय काम गरेका थिए । उनी नेपाल सद्भावना पार्टीमा निरन्तर उपाध्यक्ष पदमा रहेर काम गरेका थिए ।

राजपा र तत्कालिन समाजवादी पार्टीबीच एकीकरण भएर बनेको जसपामा पनि नरसिंह चौधरी राजेन्द्र महतो समूहमा थिए । तर राजेन्द्र महतो महन्थ ठाकुरको साथमा अलग भएर लोसपा बनाएपछि नरसिंह चौधरी जसपामै बसेका थिए । जसपा मधेशको अधिकार र पहिचानका लागि काम नगरेको भन्दै नरसिंह चौधरी केही दिनअघि जनमत पार्टीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!