
शाखा सञ्जाल बिस्तारमा कान्तिपुर कन्सलटेन्सी आक्रामक बन्न थालेको छ । बिगत लामो समय देखि बिराटनगर बरगाछी चौकमा रहेको कान्तिपुर इन्ष्टिच्युटले कान्तिपुर कन्सलटेन्सी संचालनमा ल्याएको हो । एक महिनामै यस कान्तिपुर कन्सलटेन्सीले प्रदेश एकको दमक सहित प्रदेश दुईको राजविराजमा आफ्नो शाखा बिस्तार गरेको हो ।

सोमबार राजबिराज शाखा कार्यालयको उदघाटन केन्द्रिय कार्यालयका चेयरम्यान गुनानन्द महतोले रिबन काटेर गरेको हो । उदघाटन कार्यक्रममा बोल्दै महतोले भने अब हामी चाडै प्रदेश दुई कै लहानमा पनि हाम्रो तेस्रो शाखा संचालनमा ल्याउने छौं । यसरी सबैको साथ र सहयोग रहेमा हाम्रो यो कार्य निरन्तर अगाडी बढि रहने बताए । साथै उनले देश बिदेशका विभिन्न युनिभर्सिटीहरु सङ्ग समन्वय गरेर गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न किसिमको छात्रवृत्ति तथा लाग्ने शुल्क मात्र तिरेर पढन जानको लागि बतावरण मिलाउने प्रतिबद्धता समेत जनाए ।
कान्तिपुर कन्सलटेन्सी राजबिराज शाखाका सि.ई.ओ. राहुल चौधरीको नेतृत्वमा संचालनमा आएको हो ।
उदघाटन कार्यक्रममा राजबिराज शाखाका सि.ई.ओ. राहुल चौधरी र केन्द्रीय कार्यलय बिराटनगरका डाईरेक्टर अमर कुमार मेहताले संयुक्त रूपमा केक काटेर औपचारिक रुपमा अपिस संचालनमा ल्याएको हो ।
शैक्षिक परामर्श पाए वैदेशिक अध्ययनमा जाने धेरै विद्यार्थीहरु विभिन्न किसिमले ठगीमा परिरहेका र लाग्ने शुल्क भन्दा पनि चर्को शुल्क तिर्नु पर्ने बाध्यताबाट मुक्त गर्न गराउन कान्तिपुर कन्सलटेन्सीको स्थापना गरिएको कान्तिपुर कनसलटान्सी दमक ब्रान्च का सि.ई.ओ. रोशन लिम्बुले बताए ।
काठमाडौं लगायत मुलुकको ७ ठुला शहरहरु मा शाखा बिस्तार गर्ने योजना रहेको हेड अपिस बिराटनगर का सि.ई.ओ. श्री रबिन शर्माले बताए ।
