हिपमत डटकम

बिहिबार, माघ १३, २०७८ || 365  पटक पढिएको

चितवन, खैरहनी नगरपालिका-१ शाही चोकस्थित सडकमा ना.३ त ५५५३ नम्बरको ट्याक्टरले प्रदेश ३-००५ प २६५४ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार रत्ननगर नगरपालिका-८ बस्ने २० वर्षीया सुजिता चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको बकुलर अस्पताल टाँडीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी रौतहट, फतुवा विजयपुर नगरपालिका-९ बडहर्वास्थित भित्री सडकमा अनटेष्ट लेखिएको ट्याक्टरले किच्दा सोही ठाउँ बस्ने सनोज कुमार यादवको छोरा ४ वर्षीय यश यादवको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!