हिपमत डटकम

बिहिबार, माघ १३, २०७८ || 414  पटक पढिएको

१ नम्बर प्रदेशको पाँचथर र झापामा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाऊँपालिका-१ फुङसिङको कच्ची सडकमा राँकेबाट रवि तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ त ८५९५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ७ मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक माङसेबुङ गाउँपालिका-३ का २१ बर्षीय रविन लिम्बुको घट्नास्थलमा नै मृत्यु भएको हो ।

 

घटनास्थलमा ईलाका प्रहरी कार्यालय रवीबाट प्रहरी टोली खटि गई मृतकको शव उद्धार गरेको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान गरिरहेको छ । यसैगरी झापाको मेचीनगर नगरपालिका-७ मा सोही नगरपालिकाको गाडी र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

 

पश्चिमबाट पूर्व तर्फ आउदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी र बिपरित दिशाबाट जादै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाईकल बुधवार बेलुका ७ बजे एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालकको झापाको बि.एन्ड.सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा संग्लग्न सवारी र चालकलाई समेत नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!