
लेटाङ । आजबाट जोनसन खोप लगाउन सुरु गरिए पछि लेटाङ नगरपालिकाका प्रमुख शंकर राई , वडा नं ३ का अध्यक्ष देबराज चाम्लिङ, इ.प्र.का लेटाङ प्रमुख रोमनराज अर्याल र स्वास्थ्य शाखाका प्रमुख दिनेश कुमार चौधरीले अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा मेयर राईले आफ्ना लेटाङ नगरपालिका बासिलाई खोप पुर्याउन आफुले माथिल्लो सरकार संग कुरा गरिरहेको र चाडै नै सबै जनतालाई खोप दिईने बताउनुभयो ।
हाल आएको खोप जोनसन एकपटक लगाउदा हुने भएकाले यसको मात्रा बढाईदिन नेपाल सरकारलाई आग्रह गरिएको समेत जानकारी मेयर राईले दिनुभयो ।
आफ्नो लक्ष्य सबै जनतालाई खोप पुर्याउनु रहेकोले सोही प्रयत्न गरिरहेको उहाँले जानकारी दिनुभयो ।