हिपमत डटकम

शुक्रबार, साउन १५, २०७८ || 621  पटक पढिएको

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोरोना तेस्रो लहरको पूर्व तयारीमा जुट्न निर्देशन दिएकी छन् ।
कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा राईले भनिन, ‘हामी तयारी अवस्थामै थिएनौ भन्ने छुट कसैलाई छैन ।’

सम्भावित तेस्रो लहरको पूर्व तयारीमा रहन निर्देशन दिँदै उनले समस्या र चुनौतीको सबैले मिलेर मात्रा समाधान गर्न सकिने बताइन । कोरोना परास्तका लागि सवै एकजुट भए मात्र संभव हुने उनले उल्लेख गरिन । मन्त्री राईले अस्पतालको क्षमताअनुरुप संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र संचालनका लागि पनि तयारी भइरहेको जानकारी दिइन ।

मन्त्री राईले प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आफ्नो जिल्ला भित्रका सवै पालिकाको अवस्था, आवश्यकता र तयारीसहित जिल्लाको समस्या, आवस्यकता पहिचान गरि आवश्यक तयारीसहित सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेश गर्न निर्देशन दिइन ।

मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई, १४ वटै जिल्ला समन्वय समितिका प्रमुख, सदरमुकामका पालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारीहरू, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!