हिपमत डटकम

बिहिबार, साउन १४, २०७८ || 555  पटक पढिएको

कोरोना संक्रमण नियन्त्रणमा हेलचक्य्राइँ गर्ने हो भने तेस्रो लहर (भेरियण्ट) ३० दिन भित्र आउने विज्ञहरूले चेतावनी दिएका छन् ।

निषेधाज्ञा प्रशासन, प्रहरीका लागि भन्ने मानसिकता आम रुपमा देखिएको छ । यद्यपि कमजोर निषेधाज्ञाको कुनै अर्थ छैन । अढाई महिनादेखि निषेधाज्ञा लगाए पनि उच्च जोखिमका रुपमा किटान भएका मोरङ, सुनसरी, झापा, काठमाडौंलगायतका जिल्लामा कुनै सकारात्मक प्रभाव देखिएको छैन ।

नेपालमा जुन रफ्तारले संक्रमण बढेको छ त्यसबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्डको पालनामा सर्वसाधारण गंभीर नदेखिएको भन्दै विज्ञहरूले सामान्य नआँक्न चेतावनी दिएका छन् ।

‘कोरोना भाइरस संक्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्वतयारी’ विषयक छलफलमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा.सागरराज भण्डारीले जनस्वास्थ्यका मापदण्ड लागू गर्न हेलचक्य्राइँ गरिएकाले संक्रमण तेस्रो लहर एक महिनाभित्र आउनसक्ने जानकारी दिए ।

‘जनस्वास्थ्यका मापदण्डकोखुलेआम धज्जी उडेको छ’ उनले थपे, ‘तयही भएर संक्रमण बढ्दो छ, हेलचक्य्राइँ गर्ने हो भने तेस्रो लहर एक महिनाभित्र आउनेछ त्यसको क्षति निकै ठूलो हुनेछ ।’

यो हप्तामात्र हरेक दिन देशभर १ हजारदेखि ३ हजार नयाँ संक्रमित फेला परिरहेका छन् ।
जनस्वास्थ्यविद् डा.राजभण्डारीले भाइरस अझ केही वर्ष रहने भएकाले आफ्नो व्यवहार परिवर्तन गरी लड्दै जिउनुपर्ने बताए । जनस्वास्थ्यविद् डा.वासुदेव पाण्डेले भारतको खुला सीमाका कारणले संक्रमण फेरि बढिरहेको उल्लेख गरे । अर्का जनस्वास्थ्यविद् डा. सुन्दरमणि दीक्षितले तेस्रो लहरको जोखिम भएकाले सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!