हिपमत डटकम

बिहिबार, जेठ ०६, २०७८ || 678  पटक पढिएको

नेपालमा तीन प्रकारका कोरोना संक्रमणका नयाँ भेरियन्ट फेला परेपछि नेपालको अवस्था आउँदो महिना अझै दयनीय हुने चेतावनी विज्ञहरुले दिएका छन् । नेपालमा अहिले डी १–१ बेलायतको नयाँ भेरियन्ट, डी १–६१७ इन्डियन र नेपालमा नै विकसित भएको डी १–६१७–१–२ नयाँ भेरियन्ट सक्रिय रहेकाले नेपालको अवस्था अझै दयनीय हुने बताएइको छ ।

नेपालमा सक्रिय नयाँ भेरियन्ट निकै आक्रामक भएकाले अमेरिका, ब्राजिल र बेलायतको भन्दा पनि अवस्था अझै दयनीय हुने डा रमेश आर्चाय बताउन्छन्। नयाँ भेरियन्टको संक्रमणदर ८० प्रतिशत भन्दा बढी भएकाले नागरिकको मृत्युदर अझै बढ्न सक्ने चेतावनी डा आचार्यले दिएका छन् ।

अहिलेको भेरियन्टले सबै उमेर समूहलाई आक्रमण गरिरहेकाले सरकारले अझै पनि सावधानी अपनाउन नसकेको आचार्य बताउन्छन् ।उनले कोरोना संक्रमण अवस्था बुझ्न बाँके, बर्दिया, झापा, काठमाडौं र पर्साका कोरोना संक्रमित ५ हजार जनाको ‘होल जिनन सिक्वसिङ’ परीक्षण आवश्यक रहेको बताउँदै नेपालमा कति भेरियन्ट एक्टिभ रहेको र आक्रामक रहेको भन्ने पत्ता लगाउनुपर्ने बताए ।

अहिलेको लकडाउनलाई निरन्तरता दिँदै दैनिक ५० हजार पीसीआर र ५० हजार एन्टिजेन परीक्षण गरेर अहिलेको संक्रमणलाई न्यूनीकरण गर्न सरकारले तयारी गर्नुपर्ने उनको सुझाव रहेको छ ।नेपालमा आगामी महिना अझै अवस्था भयावह हुने भएकाले अक्सिजनको सहज ब्यवस्थाका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने विज्ञहरुले बताएका छन् । अहिलेको नयाँ भेरियन्ट निकै आक्रामक भएकाले दैनिक ५ सयदेखि ६ सयसम्म कोरोना संक्रमितको मृत्यु हुने अनुमान पनि विज्ञहरुले गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!