हिपमत डटकम

शनिबार, फाल्गुण ०१, २०७७ || 698  पटक पढिएको

वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन् गरिरहेका भारतीय बालुवा तस्करले पर्सामा नेपालका सुरक्षाकर्मीमाथि भालाले आक्रमण गरेका छन् ।

गैरकानुनी रुपमा नेपालको बालुवा तस्करी गरेर भारत लैजान खोज्ने तस्करलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको हो ।

घरेलु हातहतियारसहित आएका बालुवा तस्करको आक्रमणमा परी दुई जना सशस्त्र प्रहरी गम्भीर घाइते भएका छन् ।

घाइते प्रहरीलाई थप उपचारको लागि काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा तुलसी भण्डारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!