हिपमत डटकम

बुधबार, पौष ०८, २०७७ || 565  पटक पढिएको

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनःस्थापनातिर कि निर्वाचिततिर केन्द्रीत हुने भन्नेमा मत बाझिएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवा र उनीपक्षीय सदस्यहरु प्रधानमन्त्री ओलीको कदमलाई आक्रामक ढंगले प्रतिवाद गर्ने मुडमा देखिएका छैनन् । बरु यसलाई अवसरको रुपमा लिएर निर्वाचन तयारीमा जानुपर्ने पक्षमा छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानी हेर्न नहुने पक्षमा छन् । पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानि हेर्न नहुने पक्षमा छन् । पौडेल र उनीपक्षीय अधिकांश केन्द्रीय सदस्यहरु ओलीको असंवैधानिक कदमलाई उल्टाउन पार्टी सडक संघर्षमा जानुपर्ने पक्षमा देखिन्छन् । सँगै अदालतको ढोका ढकढकाउने बाटो पनि काँग्रेसले लिनुपर्ने पक्षमा पौडेल देखिएका छन् ।

सार्वजनिक खपतका निम्ति विज्ञप्ति निकाल्ने बाहेक सभापति देउवा प्रधानमन्त्री ओलीको कदमप्रति आक्रामक छैनन् । आफै अघि सरेर प्रतिवादमा पनि उत्रिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!