हिपमत डटकम

मंगलबार, मंसिर २३, २०७७ || 630  पटक पढिएको

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको शासन सञ्चालनको प्रतिक्रिया सडकमा देखिएको बताएका छन् । कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा पौडेलले सरकारले गरेको क्रियाकलापबाट लुकेर बसेका राजवादीले मुन्टो उठाउन पाएको बताएका हुन् ।

यद्यपि, उनले यो टिकाउ नहुने बताउँदै यसमा काँग्रेस मौन बसेकाले पनि यस्तो भएको बताए । ‘यसमा सत्ताको मात्रै होइन, प्रमुख प्रतिपक्ष काँग्रेसको पनि कमजोरी हो । सत्ताले जनतालाई चिढाउने, सताउने काम गरेकै थियो तर त्यतिबेला काँग्रेसले देशको विकल्प दिन सक्नुपर्थ्यो । कम्युनिस्टले राम्रो गरेनन्, काँग्रेस त छ नि भन्ने विश्वास जनतालाई दिनुपर्थ्यो ।’

उनले नेकपामा सर्वसत्तावादी प्रवृत्ति दाबी रहेको पनि आरोप लगाए । ‘अरु नेताहरु (माधव–प्रचण्ड) का काुरा लिबर नै देखिन्छ । अर्घेलो ओलीको देखिन्छ । सर्वसत्तावादी प्रवृतिबाट ओली हौसिएका छन् । यो प्रवृति मेटिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!