हिपमत डटकम

आइतबार, कार्तिक १६, २०७७ || 905  पटक पढिएको
फाइल तस्बिर

काठमाडौँ / तीन दिनअघि महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरन्जन दत्त भट्टलाई एउटा सूचना आयो । स्वयम्भुस्थित फेमली क्वाटर नजिकैको एक घरमा ठूला–ठूला मान्छेहरु जम्मा भएर जुवातास खेल्ने गर्छन् ।

चाडपर्वको बेला घरका सदस्यहरु एकआपसमा रमाइलोका लागि खेलेका पो हुन् कि भन्दै प्रहरीले तीन दिनदेखि उक्त घरमा निगरानी बढायो । शुक्रबार बिहान अन्दाजी ११ बजेको समयमा २ जना मान्छे उक्त घरभित्र छिरे । दसैँको टिका नसकिएको कारण प्रहरीले सोच्यो, ‘दसैँको टिका लगाउन गएका मान्छे होलान् ।’

तर, ती मान्छेहरु एक्कासी साँझमा मात्र निस्के । प्रहरीलाई झनै शङ्का भयो । शनिबार बिहानदेखि उक्त घर वरपर सादा पोसाकमा प्रहरी परिचालित थियो । दिउँसो अन्दाजी १२ बजेको समयमा दुई÷दुई जना गर्दै मान्छे घरभित्र छिरे । प्रहरीलाई लाग्यो– सूचना दिनेले सही सूचना दिएका रहेछन् । अन्ततः स्वयम्भुबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उक्त घरबाट १० जनालाई पक्राउ गर्यो । जुवा खेल्नेहरुको साथबाट प्रहरीले १ लाख ५३ हजार ५०० रुपैयाँ नगद र ६ बुक तास बरामद गरेको छ । अनुसन्धानको क्रममा जुवा खेल्ने घर साइँली तामाङको रहेको खुलेको छ । साइलीको घर जुवाको अखडा रहेको प्रहरीको दावी छ ।

जुवाखालबाट तीनपटक राज्यमन्त्री भइसकेका खोभारी राय यादवसमेत पक्राउ परेका छन् । सर्लाही कविलासी नगरपालिका–३ घर भइ हाल स्वयम्भुमा बस्दै आएका ५५ वर्षीय यादव ११ हजारसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

पछिल्लो ३÷४ दिनदेखि लगातार पूर्वमन्त्री यादव जुवाको अखडा साइलीको घर आवतजावत गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि, मन्त्री नियुक्त भएपछि घरको छतबाट बन्दुक पड्काउँदा यादव विवादमा आएका थिए । शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द र डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यादव राज्यमन्त्री भएका थिए ।

यादवसँगै भोजपुर सिद्धेश्वर गाउँपालिका–४ घर भइ स्वयम्भु बस्ने ६२ वर्षीय पर्वत भण्डारी, धादिङ गल्छी गाउँपालिका– ६ घर भई स्वयम्भु बस्ने ३६ वर्षीय सन्तोष लामा (नगद २५०० रुपैयाँ), काभ्रे रोशी गाउँपालिका– ९ घर भई स्वयम्भु बस्ने ४९ वर्षीय उत्तम कुमार लामा (नगद ३००० रुपैयाँ) र काभ्रेकै २५ वर्षीय सबिन लामा ८ हजारसहित पक्राउ परेका छन् ।

यस्तै काभ्रे तेमाल गाउँपालिका–४ घर भई स्वयम्भु बस्ने ५९ वर्षीय धर्मलाल तामाङ (नगद ९००० रुपैयाँ), तेमाल–१० घर भई लाजिम्पाट बस्ने ४४ वर्षीय जितपुर लामा (नगद १ लाख २० हजार), रोशी गाउँपालिका–७ घर भई स्वयम्भु बस्ने २२ वर्षीय विक्रम लामा, रोशी–११ घर भई सवयम्भु बस्ने ६५ वर्षीय देवेन्द्र श्रेष्ठ र काभ्रे नारायणथान घर भई डल्लु बस्ने ३३ वर्षीय कान्छा तामाङ पनि पक्राउ परेका हुन् ।

तीन दिनदेखि साइली तामाङको घरको रेकी गरेर गोप्य सूचनाको आधारमा पूर्वमन्त्री यादवसहित १० जनालाई पक्राउ परेका एसपी राठौरले जानकारी दिए । पक्राउ परेकालाई जुवा ऐन अनुसार मुद्दा दर्ता गरेर कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!