हिपमत डटकम

मंगलबार, मंसिर २४, २०८२ || 798  पटक पढिएको

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूले कार्यसम्पादनका क्रममा कसैप्रति पनि प्रतिशोध राखेर काम नगरेको स्पष्ट गरेका छन्। नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो काम परिणाममुखी हुने र निर्णयहरू पूर्वाग्रहविहीन हुने बताए।

घिसिङले भने, “मैले कसैप्रति प्रतिशोध साँधेर काम गरेको छैन। मेरो उद्देश्य सही ठाउँमा योग्य व्यक्तिलाई जिम्मेवारी दिएर परिणाम निकाल्ने हो।” उनका अनुसार पदमा बसिरहनुको अर्थ परिणाम देखिनु हो, नत्र त्यसको औचित्य रहँदैन।

नेपाली विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवाबारे बोल्दै उनले शाक्य स्वयंले “मैले सक्दिनँ, सरुवा गरिदिनुस्” भनेपछि मात्र निर्णय लिइएको दाबी गरे। उनले शाक्यकै भनाइअनुसार सरुवा गरिएको तर त्यसपछि अदालत पुगेको संकेत पनि गरे।

मन्त्री घिसिङले शाक्यको सरुवा कुनै व्यक्तिगत भावनाबाट नभई संस्थागत सुधारका लागि आवश्यक कदम भएको दाबी दोहोर्याए। अदालतको आदेशको सम्मान गर्ने बताए पनि उनले परिणाम नदिने र निर्णय लिन नसक्ने व्यक्तिलाई छुट दिन नहुनेमा जोड दिए। “काम नगर्ने र निर्णय नलिने व्यक्तिलाई कारबाही हुनैपर्छ, नत्र प्रोजेक्टहरू कहिल्यै सम्पन्न हुँदैनन्,” उनले भने।

उनले देश विकासका लागि निर्माण व्यवसायी, परामर्शदाता र सरकारी निकाय सबैले आफ्नो जिम्मेवारी इमानदारीका साथ वहन गर्नुपर्ने उल्लेख गरे। आयोजनाहरू समयमै नसकिँदा देशले ठूलो आर्थिक घाटा व्यहोर्नुपर्ने र रोजगारीका अवसरसमेत गुम्ने उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!